१ कार्तिक २०८३, आइतबार

अमिताभ बच्चनले आफ्नी बुहारीको यसरी टिप्पणी गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ash-purpleमुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चन पर्पल कलरको लिपिष्टिकका विषयमा अभिताभ बच्चनले खासै ठूलो कुरा नरहेको भन्दै टिप्पणी गरेका छन् ।

 

अमिताभ बच्चनसँग बुहारी ऐश्वर्याले लगाएको पर्पल कलरको लिपिष्टिकका विषयमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘यसमा के गलत छ र ?’ त्यसपछि पत्रकारहरू चकित परेको समाचारमा उल्लेख छ ।

 

कान फिल्म फेष्टिभलमा सहभागी हुने क्रममा ऐश्वर्याले लगाएको पर्पल कलरको लिपिष्टिकको चारैतिर चर्चा भएको थियो । ऐश्वर्याले पनि लिपिष्टिकका विषयमा आफूले धेरै नबोल्ने भन्दै मिडियालाई पन्छाइदिएकी थिइन् ।

 

ऐश्वर्याको लिपिष्टिकका विषयमा समर्थन र विरोधमा सोसल मिडियामा कुरा उठेपछि पत्रकारहरूले अभिताभ बच्चनसँग सोधेका थिए । – एजेन्सी