काठमाडौं, १८ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले बजेटलाई लिएर असन्तुष्टि जनाइरहेका बेला अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी त्यस विषयमा परामर्श गर्नुभएको छ ।
काठमाडौंका लाजिम्पाटस्थित दाहालको निवासमा आज बिहान झण्डै एक घण्टा भएको परामर्शमा माओवादी केन्द्रले अघि सारेका विषयलाई बजेटमा समेट्नेबारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।
‘माओवादी केन्द्र उठाएका कतिपय विषयमा बजेटमा छुटेका थिए त्यसलाई बजेटमा समावेश गर्नेबारे कुराकानी भएको हो’, लाजिम्पाट स्रोतले भन्यो । अर्थमन्त्री पौडेलको आश्वासनपछि अध्यक्ष दाहालले बजेटमा सहयोग गर्ने जनाएको बुझिएको छ ।
माओवादी केन्द्रले एमालेले बजेट एकलौटी रुपमा ल्याएको, आफूहरूले भनेका योजना समावेश नगरिदिएको, बजेट प्रधानमन्त्री र आर्थमन्त्रीको गृह जिल्लामा मात्रै केन्द्रित गरेको आरोप लगाउँदै आएको छ ।















प्रतिक्रिया