
काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अबरोधका कारण स्थगित भएको संसदको व्यवस्थापिका संसदको बैठक आज पुनः बस्दैछ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजेपछि बस्ने बैठकमा सरकारले सदनमा पेश गरेको बजेटको विषयमा छलफल हुनेछ । बैठकमा बजेटको राजश्व र करका विषयमा पनि छलफल हुनेछ ।
कांग्रेसले बजेट संसदमा पेश हुन अगाडि नै पत्रपत्रिकामा सार्वजनिक भएको विरोधमा अबरोध गर्दै आएको छ ।
प्रधानमन्त्री केपी ओलीले भने कांग्रेसले अनावश्यक कुरा उठाएर सदन अबरोध गरेको भन्दै विपक्षी दलले भने जस्तो छानविन समिति गठन गर्न नसकिने बताउँदै आएका छन् ।












प्रतिक्रिया