अमेरिका । भगवान गौतम बुद्धको २५६० औ जन्मदिनको उपलक्ष्यमा गत मे २८ शनिबार अमेरिकाको पर्यटकीय शहर सन् फ्रान्सिस्कोकोमा
३औ शान्ति पदयात्रा सम्पन्न भएको छ ।
नेपाल र नेपालीको पहिचानका साथ शान्तिको संदेशद्वारा लुम्बिनीलाई विश्वमा स्थापित गर्ने उदेश्यका साथ बुद्ध नेपाल शान्ति फौण्डेसन क्यालिरोर्नियाको आयोजनामा उक्त पदयात्रा कार्यक्रम भएको हो ।
बे–एरियाका संघसंस्थाहरु साथै लस एञ्जलसका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको उक्त पदयात्राको संयोजक संस्थाका उपाध्यक्ष चिनकाजी श्रेष्ठ तथा मुख्य अतिथि सान डिएगोको लागि बाणिज्य राजदूत ऋषि ढकालले गर्नु भएको थियो ।
पदयात्रामा विभिन्न नेपाली भेषभूषा र नेपाली प्रौराणीक लाखे नाँचले नेपालको सुन्दर संस्कृतिहरुको पहिचान बिदेशी भूमिमा दर्शाई रहेको थियो । बुद्ध र लुम्बिनी भएको ब्यानरले नेपाल बुद्धको ठाउँ शान्ति क्षेत्र भन्ने संदेश दिइरहेको थियो ।
पर्यटकीय शहर सन फ्रान्सिस्कोमा धेरै पर्यटक तथा अमेरिकनहरुले पदयात्रा प्रति अभिरुचि देखाई तस्बिर तथा भिडियोहरु खिचेका थिए ।
उक्त पदयात्रालाई सफल बनाउँन बिशेष भूमिकाको योगदानको कदर गर्दै प्रेम गुरागाईलाई सम्मान गरिनुको साथै लस एञ्जलसदेखि आउँनु भएका पूर्व एनआरएन केन्द्रीय सदस्य राजेन्द्र सिवाकोटी, समाजसेवी बलराम थापा, पत्रकार पुरुषोत्तम ढकाल तथा अन्य समाजसेवी एवं कार्यक्रमका स्वयंसेवकहरुलाई प्रसंसा पत्रले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमको प्रायोजक वोर्ल्ड फ़ाईनन्स ग्रुप, हिमालयन किचेन सन्निभेल तथा फोकस फ़ाईनन्सियलले गरेक थिए भने तस्बिर सौजन्य समाजसेवी गोबिन्द शाही एवं अन्य साथीहरुले गरेका थिए ।
संस्थाकी कोषाध्यक्ष बिष्णु गुरुङ एकताद्वारा उपस्थित भेलालाई स्वागत गर्दै शान्ति जुलुस युनियन स्क्यरबाट शुरु हुदै मुख्य बाटो मार्केट पुगेर पावल स्टेशनमा केहीछिन लाखे नाँच प्रदर्शन गरेर एक चक्कर मार्दै फेरि युनियन स्क्यरमा आएर औपचारिक सभामा परिणत भएको थियो ।















प्रतिक्रिया