
– विकाश पराजुली
बुटवल, १७ जेठ । बुटवलमा सोमबारदेखि १४ औं मनमोहन स्मृति रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिता –२०७३ सुरु भएको छ ।
बुटवल १० स्थित सिद्देश्वरी लाल कुमारी उच्च माविको खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा वडा नं. ८ विजयी भएको छ ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा वडा नं. १ लाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै वडा नं. ८ विजयी भयो । वडा नंं ८ का लागि करण खड्का, रुविन श्रेष्ठ, सुमित कार्कि र सुजल गुरुङले गोल गरे । त्यस्तै वडा नं. १ बाट रुविन श्रेष्ठ र सुदिप लिगलले गोल गरे पनि करण लामा र अल्डाईम अन्सारीको बल गोलकिपर धिरज रानाले बचाउ गर्दै वडा नं. ८ लाई जित दिलाए ।
प्रतियोगितामा म्यान अफ दि म्याच वडा नं. ८ का गोलरक्षक धिरज राना घोषित भए ।
प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगर पालिकाका बरिष्ठ अधिकृत विष्णु प्रसाद खनालले उद्घाटन गरे । सो अवसरमा बोल्दै बरिष्ठ अधिकृत खनालले यस्ता खेलकुदका कार्यक्रमले राष्ट्रिय स्तरका खेलाडिहरुलाई जन्माउने भन्दै खेलको विकासका लागि बुटवल उपमहानगरपालिका तयार रहेको बताए ।
उनले खेलले मानिसलाई अनुशासित र मर्यादित समेत बनाउने हुँदा खेलकुद स्वास्थ्यका लागि समेत फाईदाजनक हुने बताए । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष शिव सुवेदी, युवा संघका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलको उपस्थिती रहेको थियो ।
बुटवल उपमहानगर पालिकाका विभिन्न १८ वटा टिमको प्रतियोगितामा सहभागिता रहेकोे कमिटिका सह सचिव एवं प्रचार संयोजक विकाशजंग बस्नेतले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेताले नगद २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने युवा संघ बुटवल उपमहानगरकमिटिका अध्यक्ष धनसिंह खाम्चाले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, सर्वा्धिक गोलकर्ता लगाएतका विभिन्न विदामा खेलाडिहरुलाई पुरस्कृत गरिने छ । बुटवल उपमहानगर पालिका प्रमुख प्रायोजक रहेको प्रतियोगिता अन्तर्गत मंगलबार वडा न २ र र वडा नं. ११ का बीच प्रतिस्पर्धा हुने प्रचारप्रसार संयोजक बस्नेतले बताए ।















प्रतिक्रिया