१ कार्तिक २०८३, आइतबार

रुपन्देहीमा पहिलो पटक धान रोप्ने आधुनिक मेसिन भित्रियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhanropai

– विकाश पराजुली
बुटवल, १७ जेठ । रुपन्देही जिल्लामा पश्चिमाञ्चल विकास क्षेत्रमै पहिलो पटक धान रोप्ने आधुनिक मेसिन भित्रिएको छ ।

छिटो छरितो हुने र श्रमिकको समेत अभाव भइरहेका बेला आधुनिक धान रोप्ने मेसिन भित्रिएपछि किसानहरु समेत उत्साहित भएका छन् ।

सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २२ मुडियारीमा धान रोप्ने आधुनिक मेसिनले धान रोप्दै त्यसको शुभारम्भ गरिएको छ । युवा जनशक्ती बिदेश पलायन भई श्रमिकको अभाब भई जमिन बाँझो राख्ने प्रब्रित्ती बढीरहदा रुपन्देहीमा धान रोप्ने आधुनिक मेसिन भित्रिएपछि किसानहरुले भने धेरै नै अब राहत पाउनेछन् । यो प्रविधिबाट रोपाई भने ठुला र समथर भुभागका खेतहरुमा हुनेछ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको अनुदानमा तिलोत्तमा नगरपालिका वडा नं. २२ स्थित आदर्श कृषि समुहले उक्त धान रोप्ने आधुनिक मेसिन भित्राएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।

उक्त मेसिनले एक विगाहा जमिनको लागि आवश्यक पर्ने विउ २० मिनेटमै राख्न सकिने जिल्ला कृषि कार्यालय रुपन्देहीका बरिष्ठ कृषि बिकास अधिकृत भोजराज सापकोटाले बताए ।

यसरी मेसिनबाट विउ राख्दा उक्त विउ १२ देखि १५ दिनमा विउ तयार भई रोप्न योग्य हुने सापकोटाले बताए ।

आधुनिक प्रविधिबाट रोपाई हुँदा प्रयाप्त जनशक्तिको आवश्यकता नपर्ने र समयको समेत बचत हुने हुँदा यस प्रविधिलाई छिटै दशैभरी लैजान सके कृषिमा नेपालले केही भएपनि फ्टको मार्ने सापकोटाले बताए ।

उनले मेसिनबाट धान रोप्दा परमपरागत रोपाई भन्दा कम विउ लाग्ने बताए । उनले भने- “यसरी रोप्दा विउ कम लाग्छ, एक विगाहामा ४५ केजी पहिले लागेकोमा यो प्रविधिबाट विउ रोप्दा २० केजी मात्र विउ भए पुग्छ ।”

उत्पादन लागत अत्यन्तै बढी र उत्पादकत्व अत्यन्तै कम भएका हुँदा प्रविधिको प्रयोग अहिलेको आवश्यकता भएको उनले बताए । उनका अनुसार यो प्रविधिबाट धान रोपाई गर्दा परम्परागत धान रोपाई भन्दा ३० प्रतिशत लागत कम पर्ने जाने बताए । उनले मेसिनबाट धानको विउ राख्दा तथा रोप्दा एक विगाहाको लागि राख्नुपर्ने क्षेत्रफलमा १० विगाहाका लागि विउ राख्न सकिने बताए । उक्त मेसिनले एकै दिनमा मात्र ३ देखि ४ विगता क्षेत्रफलमा धान रोपाई गर्न सकिने छ ।

अहिले रुपन्देहीको दुई ठाउमा यो प्रबिधी शुरु गरिएको र बिस्तारै बढाउने उनको भनाइ छ । स्वस्थ बिउ तथा आधुनिक प्राबिधिका कारण उत्पादकत्व बढ्ने उनको भनाइ थियो । साथै झार गोड्ने तथा धान रोप्ने मेशिन पनि भित्राउनृ जिल्ला कृषि कार्यालय रुपन्देहीले जनाएको छ ।