१ कार्तिक २०८३, आइतबार

बर्दियाको एक सहकारीबाट साढे १२ लाख रुपैँया लुटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancy– सुदीप अधिकारी

बर्दिया, १७ जेठ । बर्दियाको सूर्यपटुवास्थित एक सहकारी संस्थामा चोरी भएको छ ।

आइतबार मध्यरातमा सूर्यपटुवा–४ कोे शिव बहुउद्देश्य सहकारी संस्थाको कार्यालयबाट १२ लाख ६९ हजार रुपैँया नगद चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर थापाले बताए ।

राति लुटेराको एक समूहले सहकारीको सेफ फोडेर उक्त रकम लुटेर लगेको संस्थाका अध्यक्ष थापाले जानकारी दिए । लुटेराहरुले सहकारी संस्थाका चौकिदार योग्यबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिइ शौचालयमा थुनेर रकम लुटेका थिए ।

चोरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताएका छन् ।

अनुसन्धनका लागि प्रहरीले सहकारी संस्थाका अध्यक्ष र कर्मचारी गरी ९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।