बारा, १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेट नेकपा एमालेको घोषणापत्र जस्तो भएको बताएका छन् ।
सोमबार नेपाल प्रेस युनियन बाराले सिमरा बिमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले एमालेको घोषणा पत्र अनुसारको बजेट आएको भन्दै कार्यान्वयन भन्दा प्रचारमुखी भएको र सरकारभित्र रहेकै दलले कार्यान्वयन हुन नसक्ने भनिरहेकाले कांग्रेसले थप टिप्पणी गरिरहनु नपर्ने बताए ।
सता गठबन्धनका प्रमुख नेताले अब सरकार परिवर्तन हुने बताईरहेकाले जुन सरकारको दिनगन्ति सुरु भैसकेको छ उसले आफ्नो धरातल सम्झिनु उपयुक्त हुने उनको सुझाव छ ।
नेता सिंहले आर्थिक अनुशासनको समेत उल्लंघन गरेर चुनाबी रणनीतिको रुपमा यो बजेट आएको ठोकुवा गरे । बजेले राजनीतिक समझदारी झन बिगार्ने काम भएको र सरकार तराई मधेसका जायज माग सम्बोधन गर्न समेत बाधक बनेकाले आफूहरु संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक राजनीतिक बाताबरण बनाउनेतर्फ जोडदिरहेको धारणा राखे ।
नेता सिंह रौतहटमा आज आयोजना हुने क्रिकेट खेलको उद्घाटन कार्यक्रम र तरुण दलले आयोजना गरेको कार्यक्रमलमा सहभागी हुने कार्यक्रम रहेको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।












प्रतिक्रिया