१ कार्तिक २०८३, आइतबार

भुवन यसपटक चर्चामा ‘तरुनी’का कारण आएका होइनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhuwan Kcकाठमाडौं । एमालेका नेता समेत रहेका पुराना नायक भुवन केसी फेरि एक पटक चर्चाका शिखरमा पुगेका छन् ।

यसपटक भुवन ‘तरुनी’का कारण नभइ अरु नै कारण उनी चर्चामा आएका हुन् । आफ्नो होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘डिम्स’को पाइरेसी अर्थात कपी गरेर सीडी बनाइ बिक्री भएको भन्दै भुवनले एक करोड रुपियाँको मागदाबीसहित प्रहरी समक्ष पुगेका हुन् ।

भुवनको उजुरीपछि प्रहरीले पनि आफ्नो कारबाही अगाडि बढाएको छ । प्रहरीले छिट्टै भुवनलाई न्याय दिने आश्वासन दिएको छ ।

फिल्म बनाउने क्रममा भुवनले धेरैको रकम नतिरेको भन्दै गुनासा आएका थिए । भुवनविरुद्ध ४० लाखको उजुरी समेत परिसकेको समाचार आइसकेका छन् ।

तर, फिल्म बनाउँदा लागेको ऋण नतिरेर भुवन भने कपिराइटसको कुरा बोकेर प्रहरी कार्यालय धाउँदैछन् । भुवन आफूलाई परेको पीडाबाट भने जानकार छन् । आफूले दिएको पीडाबाट अरु कत्तिको पीडित छन् भन्ने बुझ्न सक्दैनन् ।

भुवनको फिल्म पाइरेसी हुनु गलत हो । तर, भुवनले तिर्नुपर्ने सर्वसाधारणको पैसा समयमा तिर्नुपर्छ भनेर पीडितहरूले गुनासो गर्न थालेका छन् ।

भुनवले आफ्नो फिल्म पाइरेसी भएको भन्दै प्रहरीका साथै विकास वोर्ड र चलचित्र कलाकार संघमा बोधार्थ दिएका छन् ।