काठमाडौं, १७ जेठ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७३/७४ को बजेटमाथि आजदेखि छलफल हुने भएको छ ।
संसदको बैठकमा बजेटमाथि सांसदहरूले टिप्पणी गर्नेछन् । बिहान ११ बजेपछि बस्ने बैठकमा सांसदहरूलाई बोल्न समय उपलब्ध गराइनेछ ।
अर्थमन्त्री पौडेलले शनिबार व्यवस्थापिका संसदमा झण्डै दश खर्बको बजेट पेश गर्नुभएको थियो ।
बजेटको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कार्यान्वयन हुन नसक्नेभन्दै बिरोध गर्दै आएको छ ।
यद्यपि, एमालेले भने बजेटको बचाव गर्दै आएको छ । एमालेले सरकारले ल्याएको बजेट अहिलेसम्मकै राम्रो रहेको दाबी गरेको छ ।












प्रतिक्रिया