मुम्बई, १७ जेठ । सनराइज हैदारावादले नवौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल)को उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पल्ट आइपिएलको उपाधि हात पारेको हो । जितका लागि कप्तान डेभिड वार्नरको ६९ रन जोडेका थिए ।
पहिले ब्याटिङ गर्दै हैदारावादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।
२०९ रनको लक्ष्य पछ्याएको बैंलोर पूरै २० ओभर खेलेर ७ विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्यो ।
क्रिश गेलले ७६ रन बनाए । ३८ बल खेलेका गेलले यो आइपिएलमा सर्वाधि रन बनाउने खेलाड बन्न सफल भए ।
कप्तान विराट कोहली ३५ बल खेलेर ५४ रनमा आउट भए । तेस्रो नम्बरमा आएका एबिडि ब्लेयर्स ५ रनमै आउट भए । के एल राहुल र शेन वाट्सनले समान ११–११ रन बनाए ।
हैदारावादका लागि बेन कटिङले २ तथा विपुल शर्मा,रहमान र विरेन्द्र शरणले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदारावादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए । बेन कटिङले बिस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रनको नटआउट पारी खेले ।
युवराज सिंहले ३८ रन बनाए । शिखर धवन २८ रनमा आउट भए ।
बैलोरका लागि क्रिश जोर्डनले सर्वाधिक ३ विकेट लिए । अर्बिन्दले २ तथा चहलले १ विकेट लिएका थिए । – एजेन्सी















प्रतिक्रिया