सिराहा, १६ जेठ । सिरहामा इँटाभट्टा भत्किदा दुई भारतीय नागरिकको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गोलबजार नगरपालिका–६ स्थित सागर ईट्टाभट्टाको वाल आइतबार भत्कदा भट्टामा काम गर्ने भारत घर भएका ६० बर्षीय अस्रफुल अलि र ३४ बर्षीया हरिमा मुसलमानको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनीहरुका राम प्रसाद/उमा प्रसाद मेमोरियल अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा ३ जना घाइते भएका थिए ।
घाइते मध्ये १ जनाको स्थानीय भूमिका अस्पतालमा र १ जनाको घोपा अस्पताल धरानमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको छ भने अर्का घाइते सामान्य रहेका छन् ।












प्रतिक्रिया