१ कार्तिक २०८३, शनिबार

१४ औं मनमोहन नकआउट फुटवल प्रतियोगिताको तयारी पुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– विकाश पराजुली
बुटवल, १६ जेठ । १४ औं मनमोहन स्मृति रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता –२०७३ को सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोजक संस्था युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिले सोमबारदेखि हुन लागेको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

बुटवल ९ स्थित सिद्देश्वरी लाल कुमारी उच्च माविको खेल मैदानमा हुने प्रतियोगितामा १८ वटा टिमको सहभागिता हुने कमिटिका सह सचिव एवं प्रचार संयोजक विकाशजंग बस्नेतले जानकारी दिए । बुटवल उपमहानगरका विभिन्न १८ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेताले नगद २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने युवा संघ बुटवल उपमहानगरकमिटिका अध्यक्ष धनसिंह खाम्चाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, सर्वा्धिक गोलकर्ता लगाएतका विभिन्न विदामा खेलाडिहरुलाई पुरस्कृत गरिने छ । बुटवल उपमहानगर पालिका प्रमुख प्रायोजक रहेको प्रतियोगितामा आज सोमबार दिउसो ३ बजे देखि हुने उद्घाटन खेलमा वडा नं. १ र वडा नंं ८ का बीच हुने प्रचारप्रसार संयोजक बस्नेतले बताए ।

स्मरण रहोस औं मनमोहन स्मृती रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिताको उपाधि वडा नं. १३ ले हात पारेको थियो ।