
काठमाडौं, १६ जेठ । ललितपुरमा सडक दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सानेपा ईन्द्रेणी हाइट नजिक सडकमा बा.१ ज ९९३३ नम्बरको माइक्रोबसले बा.३० प ५८१७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार प्युठान घर भई ललितपुर धापाखेल बस्ने २१ वर्षीया अनिता थापाको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएकी थापालाई स्टार अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका थिए ।
माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया