काठमाडौं, १६ जेठ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा दुई सय रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ५४ हजार ४ सयबाट दुई सय घटेर आइतबार सुन तोलाको ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य तोलाको ५४ हजार थियो ।
आइतबार चाँदीको मूल्य तोलामा ७ सय ५० रुपैयाँ किनबेच भइरहेको छ ।















प्रतिक्रिया