२५ कार्तिक २०८३, बुधबार

ओली सरकारको बजेटमा बाबुराम भन्छन्- केही पपुलिस्ट, केही विकासमुखीको खिचडी!

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattrai

काठमाडौं, १६ जेठ । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटलाई परम्पराकै निरन्तरता भनेका छन् ।

बजेटमाथि सामाजिक सञ्जाल फेसबुकबाटै टिप्पणी गर्दै बाबुरामले संविधानसभाबाट संविधान निर्माणपछि आर्थिक क्रान्तिको प्रस्थानविन्दू बन्नुपर्ने बजेटले केही नयाँ कुरा गर्न खोजे पनि यो मूलतः परम्पराकै निरन्तरता भएको उल्लेख गरेका छन् ।

बाबुरामले अगाडि भनेका छन्- ‘अर्थात् केही पपुलिष्ट केही विकासमुखीको खिचडी! शायद यो अस्थीर संसदीय राजनीतिको वाध्यता हो । यसले अमुक पार्टीलाई केही लाभ दिन सक्छ तर समग्र देशको तीव्र आर्थिक विकासको आवश्यकता पूर्ति गर्दैन् ।’

यस्तो छ बाबुरामको टिप्पणीः

Baburam-statush