कञ्चनपुर, १६ जेठ । सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको बर्खास्तीको माग राख्दै काँग्रेस निकट नेपाल विद्यार्थी संघले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको मुल गेटमै तालाबन्दी गरेर धर्नामा बसेका छन् ।
नेपाल विद्यार्थी संघ कञ्चनपुरको अगुवाईमा आज बिहानै देखि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको मुल गेटमै तालाबन्दी गरेर धर्नामा बसेका हुन् । नेवि संघ कञ्चनपुरका नेता किशोर प्रशाद जोशीले रजिष्ट्रार भट्टको बर्खास्ती र नेवि संघका नेतामाथी साँघात्मिक हमला गर्ने दोसीलाई कार्बाहीको माग राख्दै नेवि सघंले मुल गेटमै तालाबन्दी गरेर धर्नामा बसेको बताउनुभयो ।
उहाँका अनुसार नेवि संघ जिल्ला समिति लगायतका विभिन्न क्याम्पसका नेवि संघका नेता कार्यकर्ताहरुको धर्नामा सहभागिता रहेको छ ।
क्याम्पस प्रवेस गर्ने मुल गेटमै तालाबन्दी भएपछि क्याम्पसको पठन पाठन समेतपूर्ण ठप्प भएको छ । बिहानी सिप्टका कुनैपनि कक्षा संचालन नभएको केन्द्रीय क्याम्पसले जनाएको छ ।
बिहानै पठनका लागि क्याम्पस पुगेका विभिन्न विद्यार्थीहरु गेटमै तालाबन्दी र धर्ना भएपछि घर फर्केका छन् । क्याम्पस स्रोतका अनुसार आज दिनभरीका कक्षा समेत संचालन हुने छैनन् । क्याम्पसमा पठन पाठनको वाताबरण नै छैन् ।
विभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले उपकुलपति भुषण श्रेष्ठ, रजिष्ट्रार द्विजराज भट्ट र परीक्षा नियन्त्रण कार्यालयमा गरेको तालाबन्दी खोल्ने विषयमा शुक्रबार विश्वविद्यालय केन्द्रीयमा छलफलका क्र्ममा विश्व विद्यालयमा तोडफोडका साथै नेवि संघका नेता पुरोहित बडूमाथी रजिष्ट्रार द्विजराज भट्टको निर्देशनमा कुटपिट भएको नेवि संघले आरोप लगाएको छ ।
पदीय मर्यादा विपरित शिर्ष नेताहरुलाई गालि गर्ने अनि विद्यार्थीहरु उस्काएर नेवि संघमाथी आक्र्मण गर्न लगाएको नेवि संघको ठहर छ ।
रजिष्ट्रार भट्टले विद्यार्थी विद्यार्थीहरु विच फुट गराउन षडयन्त्र गरेकाले उनको बर्खातीका लागि माग राखेर धर्नाका साथै क्याम्पस बन्द गरेको नेवि संघका नेता जोशीको भनाई छ ।
नेवि संघका नेताको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको नेवि संघले जनाएको छ ।
दोसीलाई कडा कार्बाही र रजिष्ट्रारको बर्खास्ती नहुन्जेलसम्म आन्दोलन जारी राख्ने नेवि संघले चेतावनी दिएको छ ।
नेपाल विद्यार्थी संघ केन्द्रले समेत दोसीलाई कडा कार्बाहीको माग राखेको छ । संघका केन्द्रीय सदस्य विष्णू दत्त जोशीद्धारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनामा संलग्नहरुलाई कडा कार्बाहीको माग गरेको छ ।
नेवि संघले अनेरास्ववियुका विद्यार्थीहरुले रजिष्ट्रारको आडलिदै बडूमाथी कुटपिट गरेको दावि गरेको छ ।
अनेरास्ववियुले समेत एक विज्ञप्ती जारी गर्दै बैठकमा नेवि संघका कार्यकर्ताहरुले आफ्ना संगठन सदस्यहरुलाई अभद्र व्यवहार गरेको र काँग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघ सुप विश्वविद्यालय इकाई अध्यक्ष कर्णदेव भट्ट लगायतले विश्वविद्यालयमा तोडफोड गरेको अनेरास्ववियुका अध्यक्ष ओम बस्नेतद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैविच प्राध्यापक संघ र कर्मचारी संघले समेत घटना प्रति दुख व्यक्त गरेको छ । विश्वविद्यालय तोडफोडमा सलग्न कर्मचारी नभएको समेत दावि गरेको छ । उक्त संगठनहरुले घटनाको छानबिन गर्न समेत माग गरेको छ ।
सुदूरपश्चिम कर्मचारी संघका अध्यक्ष राम बहादुर चन्द, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष कर्णदेव भट्ट, नेपाल प्रगतिशिल प्राध्यापक सगठनका अध्यक्ष राजेन्द्र प्रशाद भट्ट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष बिर बहादुर सिह र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रेम सिह भाटद्धारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा विश्वविद्यालयमा पठन पाठनको वाताबरण सिर्जना हुनु पर्नेमा जोड दिएको छ ।
लामो समयदेखि क्याम्पसमा किचलो हुँदा पठन पाठनको वाताबरण समेत प्रभावित भएको छ । राजनितिक दाउपेचबाट चलिरहेको हुँदा विद्यार्थीहरुको भविश्य समेत चौपट परेको भन्दै अभिभावकहरु चिन्तामा छन् ।
सुदूरपश्मिेलीहरुको संघर्ष र बलिदानबाट प्राप्त विश्वविद्यालय तुहाउन षडयन्त्र भईरहेको भन्दै यहाँका सचेत बौद्धिक वर्गहरुले विश्लेषण गरेका छन् ।













प्रतिक्रिया