२५ कार्तिक २०८३, बुधबार

संघीय गठबन्धनले अब खुलामञ्च कब्जा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khula-Manchकाठमाडौं, १६ जेठ । मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले खुलामञ्चमा रिले अनशन गर्ने भएको छ ।

गठबन्धनका सचिवालयको बैठकले जेठ २५ गतेदेखि असार मसान्तसम्म काठमाडौंको खुलामञ्चमा रिलेअनशन गर्ने कार्यक्रम राखेको हो । स्रोतका अनुसार अनशन बिहान ७ बजेदेखि बेला ७ बजेसम्म चल्नेछ ।

जिल्लाहरूमा सोहीअनुसार रिले अनशन गर्ने निर्णय भएको छ । आन्दोलनका क्रममा अन्तरक्रियाका कार्यक्रम पनि हुनेछन् ।

गठबन्धनको आन्दोलनलाई थप व्यवस्थित र संगठित बनाउने निर्णय भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता तथा सचिवालयका सदस्य केशव झाले जानकारी दिनुभयो ।

गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रमलाई पोखरामा सोमबार हुने आमसभाबाट घोषणा गर्ने जनाएको छ ।