१ कार्तिक २०८३, शनिबार

रियललाई ११औँ पटक च्याम्पियनसिपको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Footballलन्डन, १६ जेठ । रियल मड्रिडले ११ औं पटक युरोपको च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३ ले हराउँदै रियल मड्रिडले ११ पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो ।

यसअघि नै १० पटक च्याम्पियन्स लिगको उपाधि जितेको मड्रिडले मिलानमा भएको फाइनलमा निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको थियो ।

पेनाल्टीमा एथ्लेटिको मड्रिडका वानफ्रान गोल गर्नबाट चुके । क्रिष्टियानो रोनाल्डोले रियलका लागि विजयी पेनाल्टी प्रहार गरेका थिए ।

सुरुका सात पेनाल्टीमा लगातार गोल भएको थियो । त्यसमा रियल मड्रिडले चार गोल गरेको थियो भने एथ्लेटिको तीन गोल थियो ।

एथ्लेटिकोका लागि चौंथो पेनाल्टी प्रहार गर्न आएका वानफ्रान चुके ।

त्यसपछि रोनाल्डोले निर्णायक पेनाल्टीमा गोल गर्दै रियलको जित सुनिश्चित गरे । – एजेन्सी