काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटमा सरकारी कर्मचारीको तलवमा २५ प्रतिशत वृद्धिले सानालाई भन्दा ठूला कर्मचारीलाई मात्रै प्रत्यक्ष फाइदा दिएको छ ।
तलव वृद्धिले तत्लो तहका कर्मचारीको भने दैनिक गुजारा पनि हुन हम्मेहम्मे पर्नेछ । तलव वृद्धिप्रति तत्लो तह अर्थात कार्यालय सहयोगीहरू सन्तुष्ट छैनन् ।
वृद्धि भएको तलवअनुसार मुख्य सचिवले ५४ हजार ५ सय ८८ रुपियाँ तलव पाउने छन् । तर, कार्यालय सहयोगीले जम्मा १६ हजार २ सय २५ रुपियाँ मात्रै पाउने छन् ।
बाबुराम भट्टराई अर्थमन्त्री भएकाले बेला सबै कर्मचारीहरूको प्रतिशतमा नभइ एकमुष्ट तलव वृद्धि गर्नुभएको थियो ।
भट्टराईले वृद्धि गरेको तलवले मुख्य सचिवदेखि कार्यालयसहयोगीसम्म खुसी थिए । तर, यसपटक प्रतिशतमा गरिएको तलव वृद्धिले असमानता भएको आरोप कार्यालय सहयोगीहरूले लगाउन थालेका छन् ।
कसको तलव कति ?
१. मुख्यसचिव ४३,६७०(पहिला) ५४,५८८(वृद्धि भएपछि)
२. सचिव ४१,१३० (पहिला) ५१,४१३(वृद्धि भएपछि)
३. सह–सचिव ३२,१२०(पहिला) ४०,१५०(वृद्धि भएपछि)
४. उप–सचिव २७,३७०(पहिला) ३४,२१३(वृद्धि भएपछि)
५. अधिकृत २४,४००(पहिला) ३०,५००(वृद्धि भएपछि)
६. ना.सु. १८,८००।– २३,५००(वृद्धि भएपछि)
७. खरिदार १७,७३० (पहिला) २२,१६३(वृद्धि भएपछि)
८. मुखिया १४,६७० (पहिला) १८,३३८ (वृद्धि भएपछि)
९. कार्यालय सहयोगी १२,९८० (पहिला) १६,२२५ (वृद्धि भएपछि)
१०. राष्ट्रपति १५०४५०
११. उपराष्ट्रपति १०८०२५
१२. प्रधानमन्त्री ७७२७५
१३. मन्त्री ५८७५०
१४. सभामुख ६७३१२
१५. प्रधानन्यायाधीश ७३६७५















प्रतिक्रिया