– नरेश केसी
लुम्बिनी, १५ जेठ । सरकारले आज शनिवार घोषणा गरेको बजेटमा लुम्बिनी क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
लुम्बिनी अन्चलको रुपन्देही जिल्लालाई बढी फोकस गरिएको बजेटमा अन्य जिल्लालाई भने खासै महत्व दिएको छैन । रुपन्देही जिल्लाबाट निर्वाचित अर्थमन्त्री विष्णु पौडेलबाट घोषित बजेटबाट लुम्बिनीबासी भने हर्षित भएका छन् ।
बजेटमा परियोजना अध्ययन प्रतिवेदन तयार गरी २ वर्षमा काठमाण्डौं लुम्बिनी रेल वे निर्माण थाल्ने जनाइएको छ । यसैगरी बुटवल गड्डाचौकी रेलमार्गको विस्तृत प्रतिवेदन पनि तयार गरिने भएको छ । बुटवलमा शिक्षण अस्पताल खुल्ने भएका छ । बुटवलमा दूध प्रशोधन केन्द्र स्थापना गरिने भएको छ ।
भैरहवा विमानस्थलका लागि ७ अर्ब २२ करोड विनियोजन गरिएको छ । भैरहवा विमानस्थल आगामी ०७४ माघदेखि सञ्चालनमा ल्याइने घोषणा गरिएको छ । लुम्बिनीमा ५ हजार क्षमताको सभाहल ३ वर्षमा निर्माण गर्ने बनाइने भएको छ । यसैगरी बृहत्तर लुम्बिनी गुरुयोजना मार्फत लुम्बिनी क्षेत्रको विकास गरिने पनि बजेटमा जनाइएको छ भने २ वर्षभित्र लुम्बिनी गुरुयोजना पुरा भईसक्ने छ ।
बेलहियामा रहेको एकिकृत सुरक्षा चेकजाच सन्चालन गर्ने र बुटवल भैरहवालाई जोडेर महानगरपालिकीय अवधारणामा लैजाने पनि जनाइएको छ । ३ वर्ष भित्र सिद्धार्थ रंगसला निर्माण सम्पन्न गर्ने, भैरहवा लुम्बिनी तौलिहवा सडकलाई चार लेनमा विस्तार गर्ने जनाइएको छ । लुम्बिनीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने, सिनपाको विकासमा जिल्ला सदरमुकामको हिसाबले ९ करोड प्रदान गरिएको छ ।
बुटवलमा अन्तराष्ट्रिय सभागृह, प्रदर्शनीस्थलको स्तरोन्नती गर्दै जाने बजेटमा उल्लेख छ । यसैगरी गुल्मी , अर्घाखाची, पाल्पामा खानेपानी समस्या समाधान, मोतिपुर औद्योगिक करिडोरलाई अगाडी बढाउने पनि बजेटमा जनाइएको छ ।













प्रतिक्रिया