२९ आश्विन २०८३, बिहिबार

‘चरी हत्‍या’ संगै सकियो प्रेमिकाको मौन अठोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khusbu-chari

काठमाडौं, २४ साउन । म एउटी केटी भएर भन्‍न त नमिल्ने हो तर, संसारमा कतिपय ठुला घटनाहरु केटीकै कारणले भएका छन् भनिन्छ। दुर्भाग्यवस् मेरो सन्दर्भमा पनि त्यस्तै भयो जस्तो लाग्दैछ। मलाई मन पराउनेहरूबाटै दिनेश अधिकारीको ज्यान गयो भन्नेमा मलाई कुनै शंका छैन।

संसारका चर्चित अपराधिहरु आज समाजका हिरो वनेका छन । यस्ता कुराहरु धेरै पढे अनी सुने पनि। कतिपय पढेका राम्रा कुराहरुलाई आत्मासाथ गर्थे । तर, जिवनमा पढेका र सुनेका कतिपय कुराहरु आज आफै भोग्दै छु । लामो समय देखीका मिल्ने र छिट्टै जिबन साथी वन्न लागेका धादिङका चरी उपनामले चिनिएका दिनेश अधिकारीलाई मैले गुमाए ।

दिनेशसँग मेरो चिनजान झण्डै डेढ वर्ष अघि मात्र भएको थियो। नया वजारमा भएको मेरो बालवालिका सेल्टरमा एक सडक बालकलाई लिएर उनी आएका थिए। पहिलोपटक भेट्दा नै मलाई ऊ कुनै गुन्डा वा डनजस्तो लागेन। त्यही चिनजानले विस्तारै हाम्रो भेट बाक्लिदै गयो।

हाम्रो भेट हुनुमा पुराना साथी अपर्ण कोईरालाको पनि हात छ। कोईरालाको हामी दुवैसँग राम्रै सम्वन्ध थियो। पछि आपसी मनमुटाबका कारण हाम्रो सम्वन्ध किनारा लाग्यो । दिनेशको शालिनतावाट म उनीप्रती आर्कषित हुँदै गए। त्यो कुरा मैले आफ्नो परिवारमा राखे।

शुरुमा त परिवार पनि हच्कियो। समाजमा नराम्रो छवि बनाएकासँग सम्बन्ध किन गास्ने भन्ने पनि भयो। आमाले ‘भोलि यो मान्छे जेल जान सक्छ त्योबेला तिमी तयार छौं ?’ भन्‍ने प्रश्‍न गर्नुभयो।

म पहिल्यै तयार थिए। किनभने मैले संसारका धेरै अपराध पृष्ठभूमिका मानिस सुध्रिएर धेरै ठूला मानिस भएको देखेको थिए। पढेको थिए। रत्नाकर डाकु वाल्मिकी बनेको त हाम्रै धर्मले भन्छ। मैले दिनेशलाई यस्ता कुरा पढन भनेर दिएको थिए।

दिनेशसँग बुबाआमाको भेटपछि उहाँहरूको पनि पूरानो धारणा बद्लियो। किनभने उनी दुनियाँले देखेजस्तो कतै थिएनन्।

दुवै पक्ष राजी भए पछि गएको दशैंमै टिकाटालोको गर्ने योजना थियो। तर, दिनेशको परिवारमा आफन्तको मृत्यु भए पछि त्यो सम्भव भएन। यो दशैंमा हामी टिकाटालो गर्दै थियौ। अब त्यो सबै सकियो। मान्छे नै रहेन।

मान्छे मन पराउदा केहि देखिन्न। मलाई दिनेश मन पर्‍यो। मैले हेर्दा उसलाई कतै अपराधी जस्तो देखिन। उसले युवा उमेरमा गरेका अपराधहरुले उसलाई ‘मोस्ट वान्टेड’ बनाएको थियो।

धेरैका लागि हाम्रो जोडी अस्वभाविक लाग्थ्यो। तर, हामी एउटा उदाहरणीय जोडी बन्न चाहान्थ्यौं। म उसलाई पूरै सुधारेर अर्कै मान्छे बनाउन चाहान्थे। वास्तवमा म एउटा प्रयोग गर्न चाहान्थे।

हो, म एउटा प्रहरीले भनेको ‘डन’ को गर्लफ्रेन्ड थिए। त्यसैले कतिबेला के होला भन्ने त लागिरहन्थ्यो। तर, ऊ यसरी मारिएला जस्तो मलाई कहिल्यै लागेन। धेरै भए प्रहरीले पक्रेला, जेल जाला भन्‍नेसम्म थियो।

दिनेशको मृत्युलाई हाम्रो दुवै परिवारले सुनियोजित हत्याको रुपमा लिएको छौ । दिनेशको हत्याको छानविन होस र हामीहरु न्यायको खोजीमा छौ। प्रहरी दोहोरो भिडन्तमा दिनेश मारिएको दावी गर्छ । तर, म दावाका साथ भन्छु , दिनेश दोहोरो भिडन्तमा मारिएको प्रमाण प्रहरीले ल्याउन सक्छ ?।

दिनेश मारिएको स्थानमा मुचुल्का उठाउने बेलामा प्रहरीले किन परिवारका सदस्यहरुलाई जान दिएन ?। दिनेश दाहोरो भिडन्तमा मारिएका होईनन, प्रहरीले उनको हत्या गरेको हो ।

दिनेश मारिएको दिन विहान सॉढे नौ वजे भाईवरमा उनीसॅग कुरा भएको थियो मेरो। झण्डै एक महिना अघि मात्र उनी काठमाडौ आएका थिए । दिनेश केही समय भारतमा वसे । पछिल्लो समय उनी अदालतमा आत्मासर्मपण गर्ने गरी काठमाडौ आएका हुन ।

त्यसबारेमा हाम्रो दैनीक जसो वकिलसॅग छलफल भईरहेको थियो । उपप्रधान तथा गृहमन्त्रीले दिनेशको हत्या प्रकरणलाई लिएर संसदमा दिएको जवाफ पनि सुने मैलै । उहॉले प्रहरीले दिएको रिपोर्ट पढेर सुनाउनु भएको रैछ ।

तर, म गृहमन्त्रीको भनाईलाई चुनौती दिन्छु। गृहमन्त्रीले दोहोरो भिडन्तमा दिनेश मारिएको प्रमाण दिन सक्नुहुन्छ ? म पैसाको लागि दिनेशको माया जालमा फसेको होईन । मेरो परिवार आर्थिक रुपमा सवल र सक्षम छ ।

मैले ग्यालेक्सी, काठमाडौ विश्वविद्यालयको स्कुल, जेभियर एकेडेमी हुँदै विश्‍वको चर्चित विश्‍वविद्यालय वेलायतको अक्सफोर्डबाट स्नातकोत्तर तहको पढाई सकाईसके । म ईज्जतका साथ आफनो जिवन जिउन सक्छु । मैलै बॉच्नकै लागि दिनेशको सहारा लिएका हैन। हामी निस्वार्थ प्रेमले गॉजिएका थियौ। त्यसैको एघटा कारण बन्यो, दिनशको हत्या। रविन गिरी र शम्‍भु कट्टेलले ओलीसँग गरेको कुराकानीमा आधारित समाचार  आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।