२५ कार्तिक २०८३, बुधबार

ओली सरकारको पपुलिस्ट बजेटमा सरकारमै सहभागी दलको असहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilnath giri
राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरी

काठमाडौं, १५ जेठ । सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-७४ को बजेटमा सरकारमा सहभागी दल राप्रपा नेपालले असहमति जनाएको छ ।

व्यवस्थापिका संसद् भवनबाट बाहिरिने क्रममा राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले बजेट पपुलिस्ट भएको आरोप लगाए ।

सञ्चारकर्मीसँग उनले भने, ‘यो बजेट सुन्नलाई रमाइलो छ । तर, कार्यान्वयनमा जटिल छ । बजेट पपुलिस्ट भयो ।’

बजेटका विषयमा आफूहरुसँग छलफल भएता पनि आश गरेजस्तो बजेट नआएको उनले बताए । यस विषयमा पार्टीको बैठक बसेर छलफल गरिने उनले बताए।