१ कार्तिक २०८३, आइतबार

पासाङलामु राजमार्ग अवरुद्ध, आवतजावत ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

धुन्चे (रसुवा), १५ जेठ । आज बिहानको वर्षाका कारण पासाङलामु राजमार्ग अन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार वर्षाका कारण सडकमा पहिरो खसेकाले सडक अवरोध भएको र अवरोध हटाउने कार्य सुरु भइसकेकाले दुई/तीन घन्टामा सडक खुल्ने अनुमान गरिएको छ ।

केरुङबाट सामान लिएर आएका ३०/३५ वटा मालवाहक कन्टेनर र नियमित यात्रुवाहक बस रोकिएका छन् । रोकिएका सबै सवारीसाधन आज साँझसम्म सबै आआफ्नो गन्तव्यमा पुग्ने प्रहरीले जनाएको छ । रासस