१८ कार्तिक २०८३, बुधबार

काठमाडौंमा पहिलो पटक ‘चौरसिया सम्मेलन’ हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं १५, जेठ । नेपालमा पहिचान र अधिकार प्राप्तिको आवाज उठिरहेको बेला देश विदेशमा छरिएर रहेका चौरसिया समुदाय पनि संगठित हुँदैछन् ।

यसरी गणतन्त्र दिवसको अवसरमा चौरसिया समुदायलाई संगठित, सुद्दृढ र समाजमा उनीहरुको पहिचान स्थापित गराउने उद्देश्यले काठमाडौंमा पहिलो पटक आज शनिबार काठमाडौंमा चौरसिया सम्मेलन आयोजना गरिएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो एक बजेदेखि ‘चौरसिया पारिवारिक भेटघाट तथा विचार विमर्श’ बिषयक सम्मेलन हुने आयोजक संस्था चौरसिया समाज नेपालले जनाएको छ ।

सम्मेलनमा झन्डै दुई सयको संख्यामा चौरसिया परिवार सहभागी हुने आयोजकले जानकारी दिए । ‘देशभर छरिएर रहेका चौरसिया परिवारलाई संगठित गरी उनीहरुबीच आपसी परिचय, समन्वय र सहयोग अभिबृद्धिको लागि पहल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेका हौं’,– आयोजक चौरसिया समाज नेपालका अध्यक्ष शिवजी प्रसाद चौरसियाले बताए ।

सम्मेलनमा चौरसिया समुदायलाई राज्यको विभिन्न निकायहरुमा समानुपातिक समावेशी प्रतिनिधित्वका लागि आवश्यक पहलका लागि आवाज उठाउने समाजका अध्यक्ष चौरसियाले बताए ।

चौरसियाहरु काठमाडौंसहित मधेशको प्रायः हरेक जिल्लामा अल्पसंख्यक रुपमा छरिएर रहेपनि विशेषगरी विरगञ्ज, भैरहवा र बाँकेमा उल्लेख्य बसोबास गर्ने उनीहरुबारे राज्यको स्तरबाट कुनै अध्ययन अनुसन्धान हुन सकेको छैन ।

‘देशका अन्य जाति समुदाय जस्तै चौरसिया समुदायभित्र पनि विभिन्न सामाजिक कुरीति, विकृति र पहिचानको संकट छ,’– चौरसिया समाज नेपालका अध्यक्ष शिवजी चौरसियाले भने, ‘यसका लागि हामीहरु आफै संगठित हुन जरुरी छ, सरकारले पनि चौरसिया समुदायको विकास र उत्थानका लागि विशेष गरी राज्यको मूलधारमा ल्याउन पहल गर्नु पर्दछ ।’