९ कार्तिक २०८३, सोमबार

यस्तो आयो मनिषाको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट, डाक्टर नै अलमलमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manisha-Ghartiकाठमाडौं, १५ जेठ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको (ह्याङगिङ) सँग मेल खाएको बताएका छन् ।

‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ । जुन ह्याङगिङसँग मेल खान्छ ।’

फोरेन्सिक विभागका प्रमुख हरिहर वस्तीले भने, ‘मृत्युको अन्य विस्तृत जानकारी पाउन अझैं केही दिन कुर्नुपर्ने हुन्छ । सम्पूर्ण ल्याब परीक्षणबाट मात्रै सबै जानकारी पाउन सकिएला ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।