१८ कार्तिक २०८३, बुधबार

राप्रपा रुपन्देहीले संगठन विस्तारलाई तीब्रता दिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RPP– रबिन्द्र प्रताप गुप्ता

भैरहवा, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देही क्षेत्र नम्बर १ को क्षेत्रीय भेला सम्पन्न भएको छ ।

विगतमा क्षेत्र नम्बर १ अन्र्तगत चार गाविसमा विजयी भएका गाविस अध्यक्ष र उपाध्यक्षहरुको उपस्थितिमा शुक्रबार सम्पन्न भेलाले सीताराम सिंह क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नव गठित क्षेत्रीय कार्यसमितिको सदस्यहरुमा हजरत अली पठान, शतीष चन्द्र मिश्र, रोजन अली, राम नरेश कहार, सबीर अली पठान, बैजनाथ अग्रहरी, रामनाथ कवर, विश्वनाथ पाण्डे, गोम्ती चौधरी, अलिमुन निशा र कासिम अली पठान रहेका छन् ।

आगामी स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै अब हरेक गाविस र नगरपालिकामा पार्टीको संगठन विस्तार गर्दै जाने राप्रपा रुपन्देही क्षेत्र नम्बर १ का संगठन संयोजक ताहिर अलीले बताउनुभयो ।