काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा ८ सय ८७ जना कैदीहरूको कैद सजाय माफ गर्नुभएको छ ।
सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीद्वारा ८ सय ८७ जना कैदीहरूको बाँकी सजाय मिनाह हुने गरी माफी दिनुभएको जारी विज्ञप्तमा उल्लेख छ । सरकारले प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन कैदीको सजाय माफ गर्दै आएको छ ।
संविधानको धारा २७६ बमोजिम चालचलन, आचारण राम्रो भएका कैदीको सजाय माफी गरिएको हो ।
यसैबीच, राष्ट्रपतिले आजै बिहान सरकारद्वारा दिइने विभिन्न भीषण प्रदान गर्नुभएको छ ।












प्रतिक्रिया