१८ कार्तिक २०८३, बुधबार

गैर बिद्यार्थीलार्इ नेबिसंघको नेतृत्व नदिन बिद्यार्थी नेताको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nebusang

काठमाडौं, १४ जेठ । नेपाल बिद्यार्थी संघ थापाथली इन्जिनियरिंग क्याम्पस इकाई कमिटिको आयोजनामा ‘आधुनिक शिक्षा, प्रबिधि र नीतिमुखी हाम्रो नेबि संघ’ बिषयक अन्तरक्रियात्मक कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ ।

‘नियमित बिद्यार्थीलाइ नेतृत्वको अवसर प्रदान गरौ पार्टीको हस्तक्षेपबाट नेतृत्व चयन प्रक्रिया बन्द गरौ’ भन्ने मूल नाराका साथ् अन्तरक्रिया अभियान प्रारम्भ गरिएको उक्त अभियानका सदस्य नबराज त्रिपाठीले बताए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बिद्यार्थी बिभाग प्रमुख प्रकाश शरण महतको प्रमुख आथिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नेबि संघ उपत्यका क्याम्पस इकाई समितिका सभापति तथा अन्य बिद्यार्थी नेता हरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै बिद्यार्थी नेताहरुले वर्तमान नेतृत्वका कारण संघमा अस्थिरता उत्पन्न भएको र नेबिसंघको महाधिबेशन समेत समयमा सम्पन्न गर्न नसकेको बताएका थिए ।

नेबि संघको क्रियाशीलता बिद्यार्थी आन्दोलनको मर्म नै धरासायी बनेकोले बिधानमा स्पस्ट व्यवस्था सहित २ बर्ष भित्रमा नेतृत्वले महाधिबेसन सम्पन्न गर्न नसके उक्त कमिटि स्वतः भंग हुने व्यवस्थासहित बिधान संसोधनको माग गरेका थिए ।

उक्त कार्यक्रमको समापन गर्दै प्रमुख अथिति महतले पार्टीको हस्तक्षेपका कारण बाट बिगतमा आफु समेत नेबि संघको अध्यक्ष बन्न नपाएको गुनासो गर्दै आफु मातहात रहेको निर्देशन समितिले समयमै बिधिबत रुपमा अधिबेशनका लागि आफुले पहल गर्ने बताएका थिए ।

उक्त कार्यक्रममा बिद्यार्थी नेताहरु पुष्प बस्नेत,सुशील भट्ट,रन्जिता कार्की,हरि प्रसाद आचार्य,रबिन्द्र रोकाया लगायतकाको उपस्थिति रहेको थियो ।