
ललितपुर, १४ जेठ । ललितपुरमा माइक्रोबसका चालकबाट विद्यार्थी कुटिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर उपमहानगरपालिका–५ कुमारीपाटीस्थित सडकमा कुमारीपाटी रिपब्लिक एडभान्स कलेजमा बिबिए दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थी कृष्ण चौधरीलाई कुटपिट गर्ने बा.२ ख ८२९ नम्बरको माइक्रोबसका चालकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
भाडाको बिषयलाई लिएर भएको बिवादमा चौधरीलाई माइक्रोबसका चालकले कुटपिट गर्दा सामान्य घाइते भएकोले उपचारको लागि सुमेरु अस्पताल पुल्चोक पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया