१८ कार्तिक २०८३, बुधबार

एडिटियूद्वारा शैक्षिक कार्यक्रम आदानप्रदानको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ADTU3

विराटनगर, १४ जेठ । नेपाली विश्वविद्यालय तथा क्याम्पसहरुसँग प्राविधिक शिक्षाको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले आसाम डाउन टाउन विश्वविद्यालयले पूर्वमा सञ्चालित विभिन्न क्याम्पसमा अन्तरक्रिया गरेको छ ।

धरानको हातिसारस्थित केन्द्रीय प्रविधि क्याम्पस, मानसरोवर इन्स्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी तथा इलाममा कम्प्यूटर विज्ञान अध्ययन अध्यापन हुने अमर उच्च मावि र सिभिल इञ्जिनियरिङ्ग पढाउने तयारीमा रहेको आदर्श उच्च माविमा शैक्षिक परामर्श गरिएको हो ।

त्यसैगरी, धरान र बिर्तामोडमा शिक्षा क्षेत्रका अगुवा तथा शिक्षाप्रेमीहरुसँग प्राविधिक शिक्षामा आसाम डाउन टाउन विश्वविद्यालयसँग शैक्षिक कार्यक्रम आदानप्रदानका विषयमा छुट्टाछुट्टै छलफल भएको छ ।

आसाम डाउन टाउन विश्वविद्यालयका फिजियोथेरापी विभाग प्रमुख डा. अभिजित दत्तले नेपाल र भारतको आसामबीच धेरै विषयमा समानता रहेकाले शैक्षिक साझेदारी गर्न सकिने बताएका छन् ।

उनले नेपालको भौतिक पूर्वाधारलाई सदुपयोग गरी नयाँ प्रविधि भित्र्याउनु पर्नेमा जोड दिए । ‘हामी शैक्षिक कार्यक्रम आदानप्रदान गर्न पनि सक्छौ, फिजियोथेरापीकै पाठ्यक्रम अथवा अन्य कुनै प्रविधिको लेनदेन हुनु आवश्यक छ’ – दत्तले भने ।

आसाम डाउन टाउन विश्वविद्यालयका नेपाल प्रमुख शंकर भट्टराईले प्राविधिक शिक्षामा नेपाली विद्यार्थीको लगाव बढ्दै गएको बताएका छन् ।

‘सचेतनामूलक कार्यक्रम गरिएको हो, आसाम भौगोलिक र सांस्कृतिक रुपमा नेपालजस्तै रहेकाले पनि नेपाली विद्यार्थीले आसाम डाउन टाउन यूनिर्भसिटी रोजेका हुन्’, भट्टराईले भने – ‘भारतको पूर्वोत्तरमै यो विश्वविद्यालय कहलिएको छ ।’

उनले नेपालमै प्राविधिक शिक्षाको विकास गर्नु पर्नेमा जोड दिदै अहिलेको दक्ष जनशक्तिको खाँचो टार्नकै लागि भएपनि डाउन टाउन यूनिर्भसिटी रोज्न सकिने बताए । सिटिइभिटीसँग शैक्षिक कार्यक्रम आदानप्रदान भइसकेको जनाउँदै भट्टराईले थपे – ‘अब आसाम डाउन टाउन यूनिर्भसिटीको प्राविधिक सहयोगमा नेपालमा ट्रमा र डायलोसिस टेक्निसियनको पढाई शुरु हुँदैछ ।’

विभिन्न स्थानमा आयोजित कार्यक्रममा आएका सुझावलाई सम्बन्धित ठाउँमा पुर्याउने प्रतिवद्धता आसाम डाउन टाउन यूनिर्भसिटीको तर्फबाट आएको छ । ‘नेपाल मात्रै हाम्रो एउटा यस्तो विशिष्ट छिमेकी हो, जुन देशसँग हाम्रो धार्मिक, सामाजिक, सांस्कृतिक एकरुपता छ, त्यसैले शैक्षिक सहकार्य पनि चिरस्थायी रहनसक्छ’, फिजियोथेरापी विभाग प्रमुख डा. अभिजित दत्तले भने – ‘हाम्रो चाहना पनि सहकार्य नै हो ।’

यसैगरी, आसाम डाउन टाउन यूनिर्भसिटीका एड्मिसन अफिसर मनोज खनालले सबैका सुझावलाई विश्वविद्यालय प्रशासनसम्म पुर्याउने बताएका छन् । ‘नेपालमा प्राविधिक शिक्षा भित्र्याउन हामीले आ–आफ्नो स्थानबाट प्रयास गर्नुपर्छ’, खनालले भने – ‘विदेशी यूनिर्भसिटीमा उत्पादित दक्ष जनशक्तिलाई नेपालमै ल्याएर परिचालन गर्नुपर्छ, सबै कुराले आसाम डाउन टाउन यूनिर्भसिटी नेपाली विद्यार्थीका लागि उपयुक्त छ ।’