– बिजयन पुुडासैनी
काठमाडौं, १४ जेठ । जस्पुुर महिला समुुह कागेश्वरी मनहरा नगरपालिका ५ काठमाडौले १५ दिने अगरबत्ति बनाउने तालिम आरम्भ गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत पुुरुशोत्तम अधिकारीले उक्त्त तालिमको शुुभारम्भ गर्दै महिलाको उत्थान र स्वरोजगार तर्फउन्मुुख गराउंदै परनिर्भरता कम गर्दै लैजान यस्ता तालिम सहयोगी हुुने बताए । अधिकारीले महिला उत्थानका लागी थप तालिम र सहयोग गर्ने प्रतिबद्दता समेत जनाएका छन ।
तालिम उद्घाटन समारोहमा सामुुदायीक बिपद ब्यबस्थापन समितीका अध्यक्ष लक्ष्मी कुुईकेल, नगर सदस्य सहदेब केसी तथा सामुदायीक बिपद ब्यबस्थापन समिती डांछीका उपाध्यक्ष अमृत थापाले तालिममा उत्साह पुुर्बक सहभागी हुुन आग्रह गरे । उनिहरुले तालिमका लागी आएको बजेट सदुुपयोग भए नभएको तर्फ सचेत रहन सबै महिला सदस्यहरुलाई आग्रह गर्दै तालिम पश्चात आफुुले सिकेको सिपको अधिकतम प्रयोग गर्दै ब्यबसायीक रुपमै ब्यबसाय थालनी गर्न आग्रह गरेका थिए ।
सरिता पुुडासैनीको सभापतित्वमा संम्पन्न समारोहमा सहभागी महिलाले घर आंगनमै आएको यस्तो तलिमले आफुुहरुलाई उत्साहित बनाएको र तालिमको अधिकतमा सदुुपयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन ।
प्रशिक्षक नर्बदा कुुइकेलले दिने तालिममा ३० जना महिलाको सहभागीता रहेन समुुहकि अध्यक्ष बिष्णुु पुुडासैनीले जानकारी दिएका छन ।
















प्रतिक्रिया