१ कार्तिक २०८३, आइतबार

लालटिन बोक्ने को हो ? यस्तो छ फस्ट लुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

laltin

काठमाडौं । भानु प्रताप निर्मित तथा देवकुमार श्रेष्ठ निर्देशित नेपाली फिल्म लालटिनको विहीबार राती फस्ट लुक्स सार्वजनिक गरिएको छ ।

फस्ट लुक नै सस्पेन्स हिसावको भएपछि प्रश्नहरु उठेका छन् त्यो लालटिन बोक्ने को हो ? यद्यपि, फिल्मको मर्म पनि सस्पेन्स थ्रिलरमा केन्द्रित रहेको बताइयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले फिल्मको फस्ट लुक सार्वजनिक गरेका हुन् । फिल्मको पटकथाका केही अंशमा आफु बसेको स्मरण गरेका राइले लालटिनले उज्यालो छर्नसक्ने बताए । ‘युवाको काम छ, उर्जाशिल काम भएको छ’, राइले भने ।

लालटिनमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, अर्जुन गुरुङ, रिया श्रेष्ठलगायतका कलाकारको मुख्य अभिनय देख्न सकिन्छ ।

प्रस्तुतकर्ता भानुप्रतापका अनुसार ‘लालटिन’ले प्रहरी फोर्सले अपराधिक क्रियाकलापमाथी गर्ने अप्रेशनको बिषयलाई उजागर गर्छ । भिलेनका रुपमा नेपाली चलचित्र क्षेत्रमा जम्दै अआएका भानुप्रताप यसै चलचित्रमार्फत निमार्णमा देखिएका हुन् ।

हरी घलेको छायाँकान, रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा डिजराज पौड्याल, किरण माइकल र बिनोद ढकालले संगीत समेटिएको छ ।