१ कार्तिक २०८३, आइतबार

गायिका अनु गुरुङले अब मोडलिङ गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anu Gurungकाठमाडौं । गुल्मी जिल्लाको दिबुङ स्थायी निबासी गायिका अनु गुरुङ काठमाडौंलाइ कर्म भूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल हुँदै गरेको नाम हो ।

नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका अनु गुरुङ । विभिन्न मेला महोत्सब स्टेज कार्यक्रमदेखि अन्य धेरै कार्यक्रमहरुमा सधै ब्यस्त रहने गायिका अनुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन ।

दर्जनौ हित गीतहरु आफ्नो मीठो जादुमय आवाज भरी सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन ।

गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई, तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता एक दर्जनभन्दा बढी एलबमहरू बजारमा ल्याइसकेकी छिन् ।