१ कार्तिक २०८३, आइतबार

खप्तडमा पाँच जिल्लाका शिक्षकहरुको संयुक्त बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khaptad Yatra– टेकराज भण्डारी

अछाम, १४ जेठ । नेपालकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको खप्तडको पर्यटन प्रबर्द्धन तथा विकासका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको संयोजनमा जेठ १४ गतेदेखि १६ गते सम्म खप्तड यात्रा गरिने भएको छ ।

पर्यटन प्रवर्दधनमा शिक्षकको एक्यवद्धता, गुणस्तरीय शिक्षामा शिक्षक संगठनको प्रतिबद्धता भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय नेतृत्व सहित सेती अञ्चलका पाँचओटै जिल्लाका शिक्षक संगठनका अगुवा शिक्षकहरूको सहभागितामा खप्तड यात्रा गर्न लागिएको हो ।

अछाम सहित डोटी, बाजुरा, बझाङ र कैलाली जिल्लाका शिक्षकहरुको पनि यात्रामा सहभागिता रहने नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष
नरबहादुर रावलले बताउनु भयो ।

आन्तरिक पर्यटन प्रवद्र्धनका साथै खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धनमा यात्राले टेवा पुग्ने बिश्वास लिएको अध्यक्ष रावलको भनाई छ ।

पाँचओटै जिल्लाको संयुक्त बैठक तथा अञ्चल स्तरीय कार्यक्रम गरिने भएको हो । सुदूरपश्चिमको भूस्वर्गका रुपमा रहेको खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो । त्यहाँ खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन अर्थात ठुला घाँसै मैदान रहेका छन् ।

खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, शहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थल खप्तड क्षेत्रका निकै प्रख्यात स्थल हुन् ।

२५ ओटा मैदान अर्थात फाँट, ५३ ओटा थुम्का, ताल तलैयाहरु, प्राकृतिक सौन्दर्यता, विभिन्न जडिबुट्टीको खप्तड क्षेत्र भण्डार हो ।