१ कार्तिक २०८३, आइतबार

प्रमोद भन्छन्- मानव पनि यही छन्, दानव पनि यही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Promod-kharelकाठमाडौं । गायक प्रमोद खरेलले फुटबलर विमल घर्तीकी वहिनी मनिषाको हत्याप्रति दुःख व्यक्त गरेका छन् ।

विहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रमोदले मानव पनि यहि छन् दानव पनि यही भनेर दुःख व्यक्त गरेका हुन् ।

उनले ट्वीट गरेका छन्- ‘यहि देशमा हामी फुटबल विमल घर्तीमगर भनेर गर्व गर्छाैं, यहि देशमै उनकी कलिली बहिनीको हत्या हुन्छ । मानव पनि यहि छन् दानव पनि यही ।’

मनिषाको हत्या भएपछि सामाजिक सञ्जालमा शान्ति, सुरक्षा र प्रहरी प्रशासनको चर्काे आलोचना तथा विरोध भइरहेको छ भने हत्यारालाई फाँसीमा झुण्ड्याउन माग गरिएको छ ।

मनिषाको हिजो राति घरमै एक्लै रहेको अवस्थामा हत्या भएको थियो ।