१ कार्तिक २०८३, आइतबार

मिमिक्रि ‘एडिक्ट’ एलिसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Alisha-Yadav (2)काठमाडौं । परिवारकी जेठ्ठी छोरी हुन्, एलिसा यादव । ललितपुरको भैंसेपाटी घर भएकी एलिसाको घरमा बाबु आमा र एक भाई छन् । उनी कलाकारिता भनेपछि हुरुक्कै हुन्छिन् । ऐना हेर्दै नृत्य गर्न रहर लाग्छ । नृत्य सानै उमेरदेखिको लगाव हो । नाट्य विधामा स्कुलदेखि नै सक्रिय छिन् । र, उनको खास सौख भने कसैको हाउभाउसहितको नक्कल (मिमिक्रि) गर्नु हो ।

‘मलाई मिमिक्रि गर्न मन लाग्छ । अफिसका सहकर्मीको नक्कल उतार्न पनि मन लाग्छ । कलाकारीताप्रति ठूलो रुची भएकाले पनि सवैले मलाई माया गरेर जिस्काउँछन्, प्रत्युत्तरमा म उनीहरुको नक्कल गरिदिन्छु, हाँसेर रमाउँछन् ।’, उनी भन्छिन्, ‘मलाई मिमिक्रि एडिक्ट भन्दा फरक पर्दैन ।’

स्कुलदेखि नै नृत्यमा पारङ्त उनी जहिले पनि उत्कृष्ट हुन्थिन् । उनी सम्झिन्छिन्,‘स्कुलका कार्यक्रमहरुमा धेरै नृत्य गरेकी छु । नाट्य कलामा पनि म उत्कृष्ट भएको छु ।’ फ्युचरस्टार स्कुलमा भएको ‘नेपाल आमा’ नामको नाटकमा उनको अभिनय उत्कृष्ट रहेको थियो ।

माइतिघरमा रहेको सेन्ट जेभियर्स कलेजमा समाजशास्त्रमा स्नातक गरेकी उनी कलेजको नृत्यमा पनि प्रथम भइन् । तर, उनले अहिलेसम्म नृत्यका लागि औपचारिक कक्षा भने लिएकी छैनन् । भन्छिन्,‘नाच्न रहर लाग्छ, हेरेरै सिक्छु ।’ बाबु सञ्चारमाध्यममा काम गर्ने भएकै कारणले पनि उनलाई मिडियाप्रति लगाव छ । बुवा कृष्णदेव राय यादव रेडियो नेपालको ललितपुर शाखा प्रमुख छन् । उनी प्रायः बलिउड कलाकारको मिमिक्रि गर्न रुचाउँछिन् । उनलाई अभिताभ बच्चन, गोविन्दा, देव आनन्दको नक्कल गर्दा मज्जा आउँछ ।

Alisha-Yadav (1)

सामाजिक काममा पनि उत्तिकै रुची राख्ने एलिसा ललितपुरको भैंसेपाटीमा रहेको सुधार केन्द्रकी सञ्चालक पनि हुन् । केयर भिजन नामको सुधार केन्द्र सञ्चालन गरेकी उनी ‘एडिक्ट’हरुका लागि कुशल परामर्शदाता (काउन्सिलर) पनि हुन् । भन्छिन्,‘मैले पछि आफैं सञ्चालन गर्न थालें । त्यसअघि एप्टेक, एनीम्याक्समा काउन्सिलरको रुपमा पनि काम गरेकी थिएँ ।’ उनले केन्द्रिय बाल कल्याण समितिमा पनि केही समय काम गरिन् । अहिले वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रमा वरिष्ठ लेखापालको काम गरिरहेकी एलिसा थप्छिन्,‘कलाकारीता सौख र चाहना हो, समाजसेवा आत्मादेखि नै गर्नैपर्ने सेवाजस्तो लाग्छ भने जागिर बाँच्ने आधारका रुपमा लिएकी छु ।’