काठमाडौं, १३ जेठ । संविधान पुनर्लेखनको मागसहित राजधानी केन्द्रित सडक आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले आज पनि राजधानीमा प्रदर्शन गर्दैछ ।
दिउँसो दुई बजे काठमाडौंको कलंकीमा कोणसभाको तयारी भइरहेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । ‘राजधानी केन्द्रित आन्दोलनअन्तर्गत आज कलंकीमा कोणसभा गर्ने छौँ’, उहाँले भन्नुभयो ।
सोल्टीमोडमा जम्मा भएर नाराबाजीसहित संघीय गठबन्धनका कार्यकर्ता कलंकीसम्म पुग्नेछन् ।
यसअघि राजधानीका विभिन्न स्थानमा कोणसभा गरिसकेको संघीय गठबन्धनले सरकारलाई घुँडा टेकाउने दाबी गर्दै आएको छ ।












प्रतिक्रिया