१ कार्तिक २०८३, आइतबार

फिल्ममा चर्चित, समाजमा गुमनाम तामाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajkumar-Lamaकाठमाडौं । कलाक्षेत्रमा लागेको लामो समय भए पनि राजकुमार तामाङ मिडियाका लागि नयाँ नाम हुन सक्छ । थुप्रै फिल्ममा अभिनय गरेर पनि गुमनाम बसेका तामाङ फिल्ममै जीवन विताउन चाहन्छन् ।

पुतलीसडकको न्यूप्लाजामा सानोतिनो आर्टको व्यवसाय गर्दै आएका तामाङले खेलेका फिल्मको संख्या धेरै छन् । तर, उनको नाम भने सधै ओझेलमा पर्ने गरेको छ । फिल्ममा खलपात्रको रुपमा देखिने तामाङ बास्तविक जीवनमा भने अत्यन्तै सोँझा र मिलनसार छन् । हेर्दै भिलेन जस्तो नलाग्ने तामाङको अभिनय भने जीवन्त हुने गरेका छन् ।

‘फिल्ममा धेरै जसो खलपात्रको रुपमा अभिनय गरेको छु’, तामाङले भने, ‘बास्तविक जीवनमा म जस्तो कोमल मनको कोही छैन जस्तो लाग्छ ।’ फिल्ममा नायिकालाई लखेट्ने, नायकसँग झगडा गर्ने, कुटाकुट गर्ने उनको अभियनको पाटो हो । तर, बास्तबिक जीवनमा उनले यसलाई स्मरणसमेत गर्न सक्दैनन् ।

काभ्रेस जिल्लाको धुलिखेल– स्थायी घर भएका तामाङले अभिनय यात्रा २०६६ सालखदेखि गरेका हुन् । फिल्मका साथै म्युजिक भिडियो र टेलिफिल्म पनि तामाङले खेलेका छन् । विनोद श्रेष्ठ, श्रीराम पुडासैनी अमर ओली आदिसँग अभिनय सिकेको बताउने तामाङलाई कलाक्षेत्रमा लाग्न रेवती न्यौपाने ‘घामट’ले ठूलो मद्दत गरेका रहेछन् । रेवतीको नाम उनले सम्मानका साथ लिने गर्छन् ।

अहिलेसम्म तामाङले मनको उजुरी, द क्राइम, रिदम, नमस्ते, देशले रगत मागेलगायतका दर्जन फिल्ममा अभिनय गरेका छन् । अभिनयको सोखले फिल्ममा लागेका तामाङलाई उनकी पत्नीले पनि साथ दिइरहेकी छिन् ।