काठमाडौं । दाङबाट रोजगारीका लागि राजधानी प्रवेश गरेका आशिष सुनाम कलाकारिता भनेपछि जहाँ पनि पुग्छन् । फिल्ममा सानोतिनो रोल पाउनेवित्तिकै शूटिङस्थल पुगिहाल्ने आशिषलाई नेपाली फिल्म क्षेत्रको ठूलै नसा छ ।
धर्तीपुत्रबाट फिल्मा डेब्यू गरेका आशिषले आरोप र वे टू इञ्जुरीमा पनि भिलेनको अभियन गरेका छन् । अरु नयाँ फिल्महरूमा पनि सानोतिनो अभिनय जारी राखेका आशिषले भिलेनबाट नाम कमाउने इच्छा राख्छन् । ‘नायक बनेर मात्रै नाम कमाउन सकिन्छ भन्ने मान्यतामा म छैन’, उनले भने, ‘गतिलो अभिनय गर्ने हो भने भिलनेबाट पनि नायकले भन्दा राम्रो नाम र दाम कमाउन सकिन्छ ।’
सुनिल थापाले गरेको अभिकांश अभिनय आशिषलाई मन पर्छ । सुनिल थापाको कलायात्राबाट प्रभावित आशिषले भने, ‘फिल्ममा अभिनय गर्दा नायिकको कुटाइ खाइएको छ । बास्तबिक जीवनमा भने खाएको छैन ।’
भिलेनमा खेल्न उपयुक्त हुने जस्तो आशिषको शरीरले पनि उनलाई फिल्म खेल्न सहयोग मिलेको छ । राजधानीमा सानोतिनो काम गर्दै आएका आशिषले अमर ओली निर्देशित फिल्म ‘आरोप’बाट ठूलो आशा लिएका छन् ।
दाङको श्रीगाउँ स्थायी घर भएका आशिषको जन्म सल्यान जिल्ला हो । कला क्षेत्रमा लाग्दा आफै कसैको सहयोग नपाएका आशिषलाई अहिले भने सहयोग मिल्न थालेको छ । ‘कला क्षेत्रमा चिनजानेका धेरै छन्, काम दिने थोरै छन्’, आशिषले भने, ‘काम गर्ने ठाउँ पाउने हो भने राम्रो गरेर देखाउन सक्छु ।’















प्रतिक्रिया