काठमाडौं, १३ जेठ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रबाट सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका गिरिराजमणि पोखरेलले चीनबाट आएको दश जनाको छात्रवृत्ति लुकाएको खुलासा भएको छ ।
शिक्षामन्त्री पोखरेलले चीनबाट आएको उच्च शिक्षासम्बन्धी अध्ययनको छात्रवृत्ति लुकाएर आफ्ना एकजना विद्यार्थीलाई मात्रै पठाएका छन् ।
मन्त्री पोखरेलले म्याद सकिने दिन आफ्ना एक जनालाई मात्रै फर्म भर्न लगाएको खुलेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
उच्च शिक्षा अध्ययनका लागि चीनबाट प्राप्त छात्रवृत्तिको कोटामा १२ कक्षा पास भएका विद्यार्थीले पढ्न पाउने व्यवस्था थियो ।
चिनियाँ कम्फुसियस क्लासमार्फत प्राप्त दश जनाको कोटा शिक्षामन्त्री पोखरेलले लुकाएर अन्तिम दिन एक जना विद्यार्थीको मात्रै डकुमेन्ट बुझाउन लगाएको आरोप छ ।
माओवादी केन्द्रका नेताहरूलाई शिक्षामन्त्री पोखरेलले ‘मैले मेरो व्यक्तिगत रिलेशनले चीनबाट दश जना छात्रवृत्ति ल्याएको हुँ, अरुलाई किन दिने ?’ भन्दै अभिव्यक्ति दिने गरेको माओवादीका एक नेताले बताए ।
माओवादी केन्द्रका नेताहरूले चीनले उपलब्ध गराएको कोटामा सहिद, वेपत्ता, घाइते वा विपन्न परिवारका विद्यार्थीलाई पठाएको भए उनीहरूको भविष्य उज्वल हुने थियो भन्दै मन्त्री पोखरेलको आलोचना सुरू भएको छ ।















प्रतिक्रिया