१ कार्तिक २०८३, आइतबार

अनुशासनमा रहेर होटल पेशा संचालन गर्नुपर्नेमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

बुटवल, १२ जेठ । होटल तथा रेष्टुरेण्ट व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन बुटवलमा वृहत छलफल भएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही मातहत रहेको टृाफिकचोक टोल समितीकोे आयोजनामा बुधवार गरिएको छलफल कार्यक्रममा संघद्धारा जारी आचार संहिता पूर्ण रुपमा पालना नहुदां केही व्यवसायीले गलत गर्दा सिगो व्यवसायमाथि आँच पुगको वक्ताहरुले औल्याएका थिए ।

उनिहरुले संघद्धारा जारी आचार संहिता पालना नर्गने र होटल व्यवसायको नाममा विकृती विसंगती गर्ने व्यवसायीलाई संघले कारवाही गर्ने बताएका थिए ।

संघले गर्ने अनुगमनका क्रममा देखिएका विकृती र विसंगतीलाई न्युनिकरण गर्न दिईएको समयाबधी भित्र नसचिने व्यवसायीलाई समस्या परेको समयमा संघले सहयोग गर्न नहुने समेत वक्ताहरुले जोड दिएका छन ।

सो अवसरमा होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले आचार सहिंता पालना नर्गदा समस्या उत्पन्न भएको बताउदै व्यसायीले व्यवसायको अनुशासनमा रहेर पेशा संचालन गर्नु पर्नेमा जोड दिनुभयो । गलत गर्ने व्यवसायीलाइ संघले छुट दिन हुदैन भन्दै उहांले व्यवसायलाई मर्यादित र व्यवस्थित बनउन आग्रह गर्नु भयो ।

होटल व्यवसायी संघ रुपन्देहीका निर्वमान अध्यक्ष मोदनाथ वेल्वासले व्यवसायको नाममा गलत गर्नेलाई छुट दिन नहुने बताउदै प्रहरी र व्यवसायी दुवैले अधिकार प्रयोग गर्ने नाममा कर्तव्यलाई विसन्न नहुनेमा जोड दिनु भयो ।

सोही समारोहमा व्यवसायीहरुले बुटवलको सडक विस्तारका क्रममा होटल व्यवसायीहरु विस्थापित हुन लागेकोले संघले त्यसवारेमा पहल गर्नु पर्नेमा जोड दिएका थिए । टोल समितीका संयोजक शंकर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा महासचिव वाबुराम गौतम कोषाध्यक्ष रोमकान्त पाण्डे सल्लाहकार कुल चन्द्र पाण्डे सदस्य मीना वस्नेत व्यवसाीहरु देवराज खनाल माधव खनाल लगाएतले होटल व्यवसायी संघले जारि गरेको व्यवसायीक आचार संहिता पालनालाई कडाई गर्नु पर्ने र प्रहरीको अनुगमन तथा चेकिगं प्रणालीमा देखिएको व्यवहारलाई सुधार गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

सोही भेलाले दीपक अर्यालको संयोजकत्वमा ९ सदस्यीय समिती चयनगरेको छ । जसको सदस्यमा कपिल देवान, अनिता शेरचन, विनोद तुलाचन, कृष्ण घिमिरे, मनमाया थापा, विष्णु प्रसाद खरेल, केदार अर्याल र कृष्ण ज्ञवालीलाई चयन गरेको छ ।