२५ कार्तिक २०८३, बुधबार

ओलीको विकास योजना नेपालीको हितमा छ, तत्काल सरकार परिवर्तन गर्नुहुन्न्ः सुजाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata Koirala

भक्तपुर, १२ जेठ । नेपाली काँग्रेसकी नेत्री एवम् केन्द्रीय सदस्य सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने बताएकी छिन् ।

रफत् सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले तत्काल सरकार परिवर्तन गरिए विकासको बाटा बन्द हुने भएकाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताएकी हुन् ।

नेत्री कोइरालाले वर्तमान सरकारले ल्याएको आर्थिक एवम् सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएकाले यसलाई काँग्रेसले समेत सहमति जनाउने बताएकी छन् ।

स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले तोके पनि वास्तवमै एमालेले स्थानीय निकायको निर्वाचन भने गर्न नचाहेको नेत्री कोइरालाले दाबी गरेकी छिन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग कुनै छलफल नै नगरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुले घोषित मितिमा निर्वाचन नहुने स्पष्ट भएको बताउँदै कोइरालाले भनिन्˗ ‘स्थानीय निकायको निर्वाचनको मिति तोक्दैमा निर्वाचन हुन्छ भन्ने छैन, एमालेले पनि स्थानीय निकायको निर्वाचन चाहेको छैन, चाहेको भए मिति घोषणा गर्नुअघि काँग्रेससँग छलफल गथ्र्यो ।’

स्थानीय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार बढेको बताउँदै उहाँले स्थानीय निकायको निर्वाचन अति आवश्यक भएको औँल्याएकी छिन् ।

नेत्री कोइरालाले सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिन नेपाली सेनालगायत अन्य युवा दस्तालाई स्वयम्सेवकका रुपमा परिचालन गर्न सक्नुपर्नेमा जोड दिएकी छिन् ।

सरकारले मधेस आन्दोलनका जायज मागको सम्बोधन गरेर आर्थिक र सामाजिक विकासमा सबै मिलेर यसतर्फ लाग्दै तराईलाई समेत आर्थिक बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिएकी हुन् । हिन्दू राज्यका विषयमा नेपाली काँग्रेसभित्र विभिन्न भनाइ बाहिर आए तापनि त्यो गलत हल्ला भएको नेत्री कोइरालाले टिप्पणी गरेकी छिन् । रासस