३० आश्विन २०८३, शुक्रबार

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Melamchi-21काठमाडौँ, १२ जेठ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ । उक्त परियोजनाबाट काठमाडौँ उपत्यकामा पानी आउन सुरु भएपछि यहाँको बढ्दै गएको पानीको मागलाई पूरा गर्न सकिनेछ ।

अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि आठ करोड लिटर मात्र आपूर्ति हुने गरेको छ । सर्वसाधारणले काठमाडौँ उपत्यका तथा नजिकका नदी, खहरे, खोलालगायत स्थानबाट ट्याङ्करमा आयात र जमिनमुनिको स्रोतबाट नपुग पानीको व्यवस्थापन गरेका छन् ।

मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले करिब एक दशकभन्दा लामो समयदेखि जारी आयोजना अब एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी संरचना निर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाँले मेलम्चीको सुरुङ्ग बलियोसँग निर्माण गर्नका लागि सुरुङ्ग क्षेत्रका विभिन्न स्थानमा दक्ष र अनुभवी प्राविधिक जनशक्तिले छिटो र छरितो कार्य गरिरहेको बताउनुभयो । रासस