
तौलिहवा, १२ जेठ । राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालमा कपिलवस्तुका हजारौँ नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
तौलिहवामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रवेश कार्यक्रममा जिल्लाका प्रभावशाली नेताहरुसँगै दलबलका साथ हजारौँ कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरे ।
नेपाल कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका विभिन्न पार्टीहरु परित्याग गरी उनीहरु फोरम नेपालसँग आवद्ध भएका हुन् ।

नेपाल सद्भावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् चर्चित राजनैतिक व्यक्तित्व रामबरन यादव, पूर्व महासचिव ब्रिजगोपाल गुप्ता, केन्द्रीय सदस्य भैया लाल चमार, जनार्दन यादव, तरुण दलका सचिव फिरोज खान, नेपाली कांग्रेसका राधिका यादव, रामचरित यादव, विन्दु थारू, राधिका थारू, अम्रिता प्रसाद चौधरी, नेकपा एमालेका देवीशरण गौड़, हृदय रामयादव, रामनरेश कसौधन रहेका छन् ।
त्यस्तै, नेकपा माओवादीका रमजान अली शाह, सैलैन्द्र कुमार कुर्मीसहित हजारौंको संख्यामा प्रभावशाली नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा केन्द्र तथा जिल्ला स्तारीय नेता तथा कार्यकता रहेका छन् । जिल्लाका प्रभावशाली नेता कार्यकर्ताहरुको प्रवेशले फोरम नेपाल कपिलवस्तुमा एउटा नयाँ उर्जा थपिएको छ ।
नवप्रवेशी नेता कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना तथा बधाई दिँदै भने मधेशी, अदिवासी जनजाति, दलित, मुश्लिम लगायत उत्पीडित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने बताए । उनले सरकारले संघीय गठवन्धनलाई वार्ताको लागि नबोलाएको र संघीय गठबन्धन बार्ता विरोधी नभएको स्पष्ट पारेका थिए ।
आन्दोलनका शहीद तथा घाइतेहरुको उचित सम्बोधन भए आफूहरु वार्तामा बस्न तयार रहेको यादवले प्रतिक्रिया दिए । सरकारको बिना तयारी नाम मात्र वार्ताको कुनै औचित्य नभएको उनले टिप्पणी गरे ।
















प्रतिक्रिया