नवलपरासी, १२ जेठ । नवलपरासी जिल्लास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मिनीट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
सल्यान जिल्लाबाट ईंट्टाभट्टाका लागि १८ जना मजदुर लिएर काठमाडौं जाँदै गरेको बा २ क ११३७ नम्बरको मिनीट्रक हर्कपुरमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएकाहरूको पहिचान खुलेको छैन । घाइतेको भरतपुरको चितवन मेडिकलमा उपचार भइरहेको छ । गाडी चालक फरार छन् ।












प्रतिक्रिया