२५ कार्तिक २०८३, बुधबार

बाजुरामा बाढी गाउँ पस्दा दुई बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bajura_districtबाजुरा, १२ जेठ । बाजुरा जिल्लामा वर्षासँगै आएको बाढीले बगाउँदा दुई बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

रुगिन गाविस वडा नम्बर ६ को कवाडी खोलामा आएको बाढीले बस्ती बगाउँदा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १० वर्षका निखिल बुढा र ६ वर्षका दीर्घ बुढा रहेका छन् ।

मंगलबार साँझदेखि परेको अविरल पानीपछि आएको बाढीले करीव ४० घर बगाएको प्रहरीको प्रारम्भीक अनुमान छ । घाइते ४ जनाको रुगिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

उद्धारका लागि गएको टोलीले स्थानीय बासिन्दासँग मिलेर उद्धारको काम गरिरहेको जनाइएको छ । प्रभावित क्षेत्र सदरमुकामबाट दुई दिनमा मात्र पुग्न सकिन्छ ।