२५ कार्तिक २०८३, बुधबार

मधेसीपछि थारुले पनि सुरु गरे राजधानी केन्द्रीत आन्दोलन, १५ दिने कार्यक्रम घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tharuhat

काठमाडौ, ११ जेठ । थारुहट-थारुवान संयुक्त संघर्ष समितिले आगामी जेठ १६ देखि ३० गतेसम्मको १५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा जेठ १६ गते उपत्यका र थारुहट जिल्लामा सर्वपक्षीय बैठक गरी जिल्ला स्तरीय आन्दोलन समितिलाई सशक्त बनाउने, जेठ १६ गते बुद्धिजीवी, नागरिक समाज, पत्रकार, समाजसेवीलगायत सरोकारवालाहरूसँग छलफल गर्ने, जेठ २० देखि ३० गतेसम्म दश दिन जनजागरण, जनचेतना र जनपरिचालन लगायतका प्रचारात्मक कार्यक्रम गर्ने रहेको छ ।

त्यसैगरी जेठ २३ गते काठमाडौं उपत्यकासहित थरुहट जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ २६ गते समितिको माग मुद्दाको आवश्यकता र औचित्यको विषयमा स्वदेशी विदेशी बुद्धिजीवी, पत्रकार नागरिक समाजसँग अन्र्तक्रिया गर्ने, जेठ २७ गते काठमाडौंसहित थरुहट जिल्लामा विरोधसभा गर्ने, जेठ २९ गते टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारबादीहरूसँग छलफल गर्ने र जेठ ३० गते उपत्यकासहित थरुहट जिल्लामा आदिबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको प्रतिलिपि जलाउने रहेका छन् ।

पत्रकार सम्मेलनमा समितिले जेठ ९ र १० गते काठमाडौमा भएको राष्ट्रिय भेलाले जारी गरेको १५ बुँदे काठमाडौं घोषणा समेत सार्वजनिक गरिएको थियो ।

जसमा बजेट थारु मैत्री हुनुपर्ने, होरिलाल चौधरीको नेतृत्वमा रहेको प्रादेशिक संघर्ष समिति खारेज गर्ने, टिकापुर घटनाको अध्ययनप्रतिवेदन तत्काल सार्वजनिक गर्नु पर्ने, सरकारसँग परिणामुखी बार्ता गरेर आफूहरूको माग पुरा गराउने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ११८ जनामाथि लगाईएको मुद्दा निसर्त खारेज गर्नु पर्ने, आन्दोलन परिचालनकोलागि कोष स्थापना गर्नेलगायतको रहेको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका राजकुमार लेखी, सांसद सदस्य रुक्मिणी चौधरी, किशोर विश्वास र प्रेमिलाल चौधरी लगायतकाले आन्दोलनका केही उपलब्धि संविधानले संस्थागत गरेकोले त्यसलाई कार्यान्वयन गर्दै बाँकी उपलब्धि हासिल गर्न आन्दोलन जारी राख्नु पर्ने अवस्था आएको स्पष्ट पारे ।