२५ कार्तिक २०८३, बुधबार

लुम्बिनी विकास कोषले गरेको कार्यक्रममा कोषविरुद्धै नाराबाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbani

– मोहन पौडेल
नवलपरासी, ११ जेठ । लुम्बिनी विकास कोषले परासीमा गरेको अन्तरक्रिया कार्यक्रममा कोषविरुद्धै नाराबाजी भएको छ ।

भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप र बुद्धको मावली पण्तिपुरको विकासका लागि परासीमा गरेको अन्तरक्रिया कार्यक्रममा कोषविरुद्ध नाराबाजी भएको हो । लुम्बिनी विकास कोषले लुम्बिनि जत्तिकै महत्व रहेको रामग्राम स्तुपलाई वाईपास गर्दै आएको भन्दै कार्यक्रममा सहभागी स्थानीयवासीले नारावाजी गरेका हुन् ।

स्थानीयवासी तथा रामग्राम दिगो पर्यटन प्रवर्द्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले लुम्बिनी विकास कोष मुर्दावाद, हामीलाई रामग्राम विकास कोष चाहिन्छ भन्दै नारावाजी गर्नुभएको हो । कार्यक्रममा वितरण गरिएको लुम्बिनी विकास कोषले प्रकाशन गरेको लुम्बिनि दर्पण नामक स्मारिकामा समेत रामग्राम स्तुपबारे केहि उल्लेख नगरिएको भन्दै उपाध्यायले आक्रोशित हुदैँ स्मारिका च्यात्नुभएको थियो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तापाङ, कोषाध्यक्ष ओम अर्याल, नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद चौधरी, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा केहि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी रहेको उक्त कार्यक्रममा नारावाजी भएपछि कोषका पदाधिकारीहरुले रामग्रामलाई लुम्बिनी विकास कोषले अबदेखि वाईपास नगर्ने प्रतिबद्धता जनाएका छन् ।

अहिलेसम्म जे जस्तो भयो, अबदेखि हामि सक्रिय रुपले रामग्रामको विकासका लागि लाग्छौँ, रामग्रामवासीको घच्घचावटले हामिलाई सक्रिय हुने बाटो देखाएको छ, कोषका सदस्य सचिव तामाङले भन्नुभयो । लुम्बिनी विकास कोषले रामग्राम स्तुपको संरक्षण गर्ने जिम्मा पाएपनि कोषले करौडौँ रकम फ्रिज गर्ने तर रामग्रामको विकासका लागि वेवास्ता गर्ने गरेकाले रामग्रामवासीको तर्फबाट आक्रोश पोखिएको उपाध्यायले बताउनुभयो ।

कार्यक्रममा सहभागी नेपाली काग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष सुवास गिरी लगायतले पनि अव लुम्बिनि विकास कोषले रामग्रामको विकासका लागि पहल नगरे लुम्बिनिबाट छुट्टीएर छुट्टै रामग्राम विकास कोष गठन गर्ने चेतावनि दिनुभएको थियो ।

लुम्बिनि विकास कोषले रामग्रामलाई वेवास्ता गर्दै गएपछि रामग्राम स्तुपमा बुद्धजयन्ती समेत स्थानीय स्तरको पहलबाटै मनाउने गरिएको छ ।