काठमाडौं, २३ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितका लागि स्थापित राहत कोषमा १ करोड रुपैयाँ जम्मा भएको छ ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ब्यवसायी संघ,हिमालय सिमापार बाणिज्य संघको पहलमा स्थापित यो कोषमा सवैभन्दा बढी भोटेकाशी पावर कम्पनीले बीस लाख रुपैयाँ सहयोग गरेको छ ।
त्यसैगरी बिभिन्न सामाजिक संस्था तथा ब्यक्तिले पनि कोषमा लाखौ रुपैयाँ सहयोग गरेका छन् । कोषमा ब्यक्तिगत रुपमा एकलाख रुपैया भन्दा बढी सहयोग गर्ने दश जना रहेका छन् ।
सिन्धुपाल्चोकका राजकुमार पौडेल, निमफुञ्जो शेर्पा, कमल श्रेष्ठलगायतका ब्यक्तिले एक लाख पचास हजार रुपैयाँ सहयोग गरेका छन् ।
साथै बिदेशमा रहेका नेपालीहरुले पनि कोषमा सहयोग गरेका छन् । अमेरिकमा रहेका सिन्धुबासी तथा चीनमा ब्यवसाय गरेर बसेका सिन्धुवासीले पनि लाखौ रुपैयाँ संकलन गरेर कोषमा सहयोग गरेका छन् ।
काठमाडौँ नयाँ सडकमा रहेका ब्यापारीहरुले पनि घरदैलो गरेर लाखौ रुपैयाँ कोषमा सहयोग गरेका थिए । यो रकम पीडितको अवस्था अध्ययन गरेर उनीहरुको अवस्था अनुसार सहयोग बितरण गरिने योजना रहेको राहत संकलन अभियनामा लागेका प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले जानकारी दिनुभयो ।
साउन १६ मा आएको बाढी पहिरोले सिन्धुपाल्चोकको मांखा,राम्चे तथा टेकानपुर र धुस्कुन गाविसमा ठूलो क्षति भएको छ । पहिरोले शुनकोशी नदी थुनिदा ताल जमेर अरनिको राजमार्गसमेत एक सातादेखि अवरुद्ध छ ।
















प्रतिक्रिया